बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केही समय अघि ४०९८मत गणनामा गठबन्धनका तर्फबाट नेकपा एसकी मिनाकुमारी लामाले १३६० मत पाएकी छन् ।
एमालेका अनन्त प्रसाद पौडेलले १३५५ मत पाएका छन् ।
इन्ट्री मारेका उम्मेद्वार राप्रपा तर्फका दिपक बहादुर सिंहले ११५७मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठवन्धनबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँले १९३०मत प्राप्त गरेका छन।
एमाले बाट सुमित्रा काफ्लेले १६३२मत प्राप्त गरेकी छन । उपमेयरमा राप्रपा बाट इन्दीरा न्यौपानेले २९८ मत पाएकी छन।














प्रतिक्रिया दिनुहोस्