रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाको उपाध्यक्ष कोमबहादुर बुढासहित ४ सदस्यको उम्मेदवारी विवादमा परेको छ । निर्वाचन आचारसंहिता र कानुनी व्यवस्था विपरित उम्मेदवारी दिएपछि बुढा खुला तर्फका सदस्यहरु पूर्ण बुढा, खिमानसिंह रोका मगर, महिला सदस्यहरु जुनकुमारी विक र नीशा विकको उम्मेदवारीमाथि प्रश्न उठाउँदै उजुरी परेको थियो ।
रोल्पामा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपाको त्रिपक्षीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बुढाले संचालन गर्दै आएको उच्च हिमालय निर्माण सेवा कालो सुचिमा परेको सम्पुर्ण प्रमाणहरु उजुरी कर्ताहरुले निर्वाचन कार्यालयमा पेश गरिसकेको छ ।
उच्च हिमालय निर्माण प्रालि सन् २०२२ जनावरी १६ सम्म कर नतिरेकाले ब्लाक सिष्टमा परेको आन्तरिक राजस्व कार्यालयको रेकर्डमा देखिएको छ । तर निर्वाचन अधिकृतले जनावरी १६ यताको अवस्था नखुलेको भन्दै माग दावी पुगेन भनेर कारबाही गर्न आनाकानी गरेको जनाइएको छ ।
अहिलेसम्म उजुरुमाथि निर्वाचन कार्यालयले कारबाही अघि नबढाएको र गठबन्धन बाहेकका दलहरुले भने बचाउन खोजेको आशंका गरेका छन् ।
त्यस्तै अर्का सदस्य खिमानसिंह रोका मगर बन्यजन्तु ओसार पसारको आरोपमा जेल परेको र छुटेको अवधि निर्वाचन आचारसंहिता अनुसार २ वर्ष भन्दा कम भएको भन्दै उजुरी परेको छ ।
महिला सदस्य निशा तथा जुनकुमारी विरुद्ध पनि स्वयमसेवीका भएरै उम्मेदवारी दिएको उजुरी परेको थियो । तर उनीहरुले भने राजीनामा दिएको पत्र निर्वाचन कार्यालयमा पेश गरेका छन् ।
रोल्पा जिल्लाका सरोकारवालाहरुले निश्पक्षता तथा उजुरी माथिको कारबाही गरियोस भन्दै निर्वाचन अधिकृतको
निरन्तर ध्यानाकर्षण गराईरहेका छन् ।























प्रतिक्रिया दिनुहोस्