पार्टी कार्यालयमा तालाबन्दी गर्नेलाई नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।
कुनै पनि हालतमा कांग्रेसले हेटौंडाको मेयर प्राप्त गर्नुपर्ने भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै सभापति लामाको यस्तो अभिव्यक्ति आएको हो । युवा नेता सुनिल गिरीको समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेको दुई घण्टामै सभापति लामाले खोलेका थिए । पार्टी कार्यालयमा प्रहरी समेत परिचालन भएको थियो ।
अनुशासनविहीन ब्यक्ति कांग्रेस नहुँने र अनुशासनहिन कार्यकर्ता कांगेसलाई नचाहिँने भन्दै सभापति लामाले भने उदण्ड र गुण्डागर्दी कांग्रेसलाई चाहिँदैन । कांग्रेस सभ्य र सालिन हो, कांग्रेस इतिहास हो र कांगेस नेपाली जनताको मनमुटुमा बसेको पार्टी भएकाले कांग्रेसमा यस्ता उदण्ड र अराजकतालाई ठाउँ छैन, बस्नु पनि पर्दैन ।
उनले पार्टी कार्यालयमा तालाबन्दी गर्नेलाई हदैसम्म कारबाही गर्ने चेतावनी दिए । ‘आजै गर्छु कारबाही । पार्टीबाट निष्कासन गर्छु । विधान, नियम र कारबाही अनुसार कतिवर्ष हुन्छ हेरेर सोही अनुसार गर्छु । आजबाटै कारबाही हुन्छ । जो जसको हात छ । सवैलाई कारबाही हुन्छ ।’, सभापति लामाले भने ।























प्रतिक्रिया दिनुहोस्