निर्वाचन आयोग नेपाल र नेपाल कानुन समाजको आयोजनामा निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिकामा छलफल गरिएको छ ।
यस्तैगरि नागरिक संवाद केन्द्र बागमती प्रदेशका प्रमुख रघु खरालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए ।
आउदै गरेको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै आचार संहिताको कार्यान्वयन तथा अनुगमनको विषयमा कार्यपत्र प्रस्तुत गर्दै जानकारी गराईएको हो ।
निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचार संहिताका प्रमुख विषयहरु र सरोकारवालाहरुको भूमिकाको बारेमा /sd प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले स्थानीय सरकारको निर्वाचन उम्मेदवारले खर्च गर्न पाउने रकम र प्रचार प्रसारमा पालना गर्नुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सुर्य प्रसाद गौतमको सभाध्यक्षतामा गरिएको कार्यक्रममा कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधिस डिल्लीरत्न श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मकवानपुर प्रहरी प्रमुख सशस्त्रका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो।
उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख, अधिवक्ता, मानव अधिकारकर्मी, जनप्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
केके गर्न हुन्छ के गर्न हुदैन भन्ने जानकारी सहितको कार्यपत्र ।
कार्यपत्र हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।














प्रतिक्रिया दिनुहोस्