बलिउड बहुप्रतीक्षित निर्देशक नितेश तिवारीको निर्देशन तथा नमित मल्होत्राको निर्माणमा बनेको विग बजेट फिल्म ‘रामायणः राइज अफ अ लेजेन्ड’ ( पार्ट–१) बिहीबारदेखि प्रदर्शनमा आएको छ ।
करिब चार हजार करोड भारतीय रुपैयाँको बजेटमा बनेको चलचित्र भारतीय चलचित्रको इतिहासमै महँगो निर्माणमध्ये एक चलचित्र हो ।
रामायणको कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने प्रयास रहेको भन्दै बजेट चलचित्र ‘रामायणको क्रेज पहिलो दिनमा देखिएको छ । ठूलो बजेट, पौराणिक कथामा निर्मित र कलाकारहरुका कारण फिल्मको प्रभाव नेपालमा पनि देखिएको छ।
भव्य दृश्य र अत्याधुनिक दृश्य (भीएफएक्स) मार्फत निर्मित रामायणको पार्ट–१’ हेरेपछि भावनात्मक पक्षमा कमजोर रहेको हो कि भन्ने भान हुन्छ।
पौराणिक ग्रन्थलाई प्रेम र बदला अनि युद्ध,को कथालाई पर्दामा उतार्ने प्रयास एक उत्सव भएको समेत भनिरहेका छन् । फिल्ममा रणबीर कपूरलाई राम, साउथ अभिनेत्री साई पल्लवीलाई सीता र केजिएफका यशलाई रावणको भूमिकामा उतारिएको छ । रवि दुबे लक्ष्मण, रकुल प्रीत शूर्पणखा, लारा दत्ता कैकेयी र अनुपम खेरले जटायुको आवाज दिएका छन् भने विश्वभरि छाएको रामकथामा निर्मित रामायणका राम अरुण गोविल दशरथको भूमिकामा छन् ।
चलचित्रमा रावणको जन्म, तपस्या गरेर प्राप्त गरेको शक्ति लंका विजयका प्रसङ्ग अनि अयोध्यामा रामको जन्मदेखि वनवास र सिता हरण सम्मलाई जोडिएको छ ।
दृष्टिकोणको कुा गर्नेहो भने फिल्ममा पात्रको कुरा गर्दा रावणको अहंकार र शक्तिलाई यशले र अरुण गोविलले दशरथको भु्रमिकामा न्याय गरेका छन् । यश अर्थात रावण अनि लंका वन, देवता र असुरबीचको युद्ध संगै जटायु र रावणबीचको भिडन्तलाई उत्कृष्ट दृश्यका रूपमा प्रस्तुत भएको छ ।
रामको भूमिकामा रणबीर कपूर भने अपेक्षा अनुसार प्रस्तुत हुन सकेका छैनन् ।
साई पल्लवीले सीताको भूमिकामा गरेको कोशिमा राम र सीताबीचको भावनात्मक सम्बन्ध स्थापितको कोशिस मध्यम भएतापनि लक्ष्मणको भूमिकामा रवि दुबेको संवादले जोगाउने प्रयास देखिन्छ । तर यो पाटो कमजोर मानिएको छ ।
पात्रहरूले भावनात्मक गहिराइमा पुगेर राम र सीताको सम्बन्ध तथा अन्य पात्रलाई न्याय दिएको देखिदैन ।
भावनात्मक रूपमा केसह कमजोर भएपनि सङ्गीतकार ए.आर रहमान र हान्स जिमरको ब्याकग्राउन्ड म्युजिक अनि फिल्मा भएको भीएफएक्सको भव्य दृश्यका कारणले उत्साहित बनाउँछ ।
निर्माण पक्षबाट व्यक्त भएका भनाइपछि आजबाट प्रर्दशनमा आउको यो फिल्मले पौराणिक कथालाई आधुनिक प्रविधि र भव्य दृश्यले बक्स अफिसमा नतिजा कस्तो हासिल गर्छ भन्ने दर्शक मै भर पर्छ ।
……………………………………………………………………………….
हेटौंमा NS cinemas, Narayani Mall Hetauda -4
थप जानकारी लिन 057-520949
………………………………………………………………………………
































प्रतिक्रिया दिनुहोस्