मकवानपुर । बागमती प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेकपा (एमाले) का किरण थापा मगर नियुक्त भएका छन् । एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा थापा बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
थापालाई संविधानको धारा १६८(२) अनुसार सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सरकार गठनका लागि थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थनरहेको हो ।
थापा बागमती प्रदेशसको सातौँ मुख्यमन्त्री बनेका छन् । यसअघि दोस्रो कार्यकालमा (नेकपा ) माओवादी केन्द्र० का शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्व गरेका हुन् ।
बागमती प्रदेशसको २०७४ सालमा एमालेका डोरमणि पौडेल प्रथम मुख्यमन्त्री बनेका थिए । त्यसपछि २०७८ सालमा एमालेकी अष्टलक्ष्मी शाक्य र तत्कालीन (नेकपा ) एकीकृत समाजवादी० का राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारको नेतृत्व गरेका थिए ।
२०७९ सालमा तत्कालीन (नेकपा) माओवादी केन्द्रका शालिकराम जम्कट्टेल २०८१ सालमा नेपाली कांग्रेसका बहादुरसिंह लामा र २०८२ सालमा कांग्रेसकै तर्फबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका थिए ।
निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते पदबाट राजीनामा दिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो । प्रदेश प्रमुख देवकोटाले संविधानको धारा बमोजिम सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा तोकेका थिए ।
सोही अनुसार एमाले, नेकपा र राप्रपाको समर्थनसहित थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सोही आधारमा मुख्यमन्त्री बनेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री थापाको नेतृत्वमा बागमती प्रदेशमा नयाँ सरकारले नीतिगत कार्यक्रम र प्रशासनिक कामलाई अघि बढाउने बताइएको छ ।























प्रतिक्रिया दिनुहोस्