हेटौंडा । हेटौंडामा पहिलो पटक ग्राण्ड व्यूटी एक्सपो–२०२६ कार्यक्रम हुने भएको छ । युथ इको नेपाल कौशलटार भक्तपुरको आयोजनामा श्रावण २९ र ३० गते हुने भएको हो । शुक्रबार आयोजक समितिले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यही अघि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको युथ इको नेपालले ४३ औं कार्यक्रमको रुपमा ग्राण्ड व्यूटी एक्सपो कार्यक्रम हेटौंडामा गर्न लागेको जानकारी गराएका छन् । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा व्यूटी पार्लर क्षेत्रका लागि प्रख्यात छ भन्ने विश्वाससहित कार्यक्रम गर्न लागिएको छ । हेटौंडा–१,स्थित हिमालयन दरबारमा २ दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुनका लागि प्रति व्यक्ति टिकटको शूल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
नेपालमै गुणस्तरीय तथा वैज्ञानिक सीपमूलक तालिम प्रदान गरी महिलाहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्न, आफूमा आत्मा निर्भरताको वातावरण सिर्जना गर्न भविष्य प्रतिको आशालाई जोगाउन कार्यक्रम गर्न लागिएको बताइएको छ । छिमेकी मूलूक भारतकी चर्चित मेकअप आर्टिष्ट भूमिका बहालले आधुनिक तथा वैज्ञानिक मेकहपकोबारेमा प्रशिक्षण दिने, नवीन तथा आकर्षण हेयर कलरिङका लागि ख्याती कमाएका म्याक अब्रहाइमले आधुनिक हेयर कलरिङ सम्बन्धी प्रशिक्षक र सन्नी कुमारले समकालिन हेयर कलरिङ टेक्निक सम्बन्धी विशेष प्रशिक्षण दिनेगरी कार्यक्रमको कार्य तालिका बनाइएको कार्यक्रम संयोजक सुष्मा राना मगरले बताएकी छिन् ।
उनका अनुसार–यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएमा दोस्रो पटक थप अझ महिलालाई प्रेरित गर्ने प्रकारका कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रमको पहिलो दिन उद्धाटन समारोहमा भारतको सिक्किम राज्य स्थित दार्जिलिङककी गायिका नेपाल आइडल दोस्रो संस्करणकी सेमिफाइनलिष्ट इनुङ्गमा राइले विशेष सांगीतिक प्रस्तुती दिने संयोजक सुष्मा राना मगरले बताइन् । विभिन्न ठाउँहरुबाट करिब १ हजार जनाको सहभागिता रहने कार्यक्रम सम्पन्न गर्नका लागि १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै उनले भनिन्–यो कार्यक्रमका लागि हामीहरुलाई कुनै ठाउँबाट आर्थिक सहयोग पाएका छैनौं, जे गर्नु छ हामीले आफैं गर्छौ सहभागीहरुले टिकटका लागि भुक्तानी दिने रकमबाट केही सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया दिनुहोस्