हेटौंडा । मकवानपुर सुनचाँदी व्यवसायी संघको जिम्मेवारी हस्तान्तरण गरिएको छ । सुनचाँदी व्यवसायी संघको अध्यक्षमा चयन भएका गोपी लाल विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष राजकुमार रसैली, प्रथम उपाध्यक्ष विजय विश्वकर्मासहित अन्य निर्वाचित सदस्यहरुलाई शनिबार एक कार्यक्रमकोबीच जिम्मेवारी हस्तान्तरण गरिएको हो । सुनचाँदी व्यवसायी संघको साधारण सभाबाट २८ सदस्य नयाँ कार्यसमिति चयन भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रकाश गहतराजको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम भएको थियो । संघका चयन भएका नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

संघको प्रथम उपाध्यक्षमा विजय विश्वकर्मा, उपाध्यक्षमा प्रेम शाक्य, महासचिवमा राजकुमार विश्वकर्मा, सचिवमा उत्तमराज बज्राचार्य, कोषाध्यक्षमा कमल सिञ्चुरी, सहसचिवमा विवेक रसैली र सहकोषाध्यक्षमा लालुराज दुत्राज चयन भएका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी