हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद,कृषि तथा पर्यटन महोत्सव सञ्चालित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको स्थगित खेल भोलि शनिबार बिहान हुने भएको छ ।

शुक्रबार केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान बागमती प्रदेश र ब्राइट फ्यूचर स्पोर्टस् क्लब कोशी प्रदेशबीचको खेल वर्षाको कारणले स्थगित भएको छ । उक्त खेल भोलि बिहान ८ बजे हुने आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिएका छन् ।

शुक्रबार भएको पहिलो खेलबाट जीत निकाल्दै काठमाडौंको न्यू डाइमण्ड स्पोर्टस् क्लबले सेमीफाइनलको यात्रा पूरा गरिसकेको छ । भोलि लिगको अन्तिम खेल हुनेछ भने दिउँसो सेमीफाइनल चरणको खेलहरु सुरु हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी