मकवानपुर जिल्लामा पर्ने बागमती गाउँपालिका वडा नं.- ७ पाथिभरा निवासि रुपलाल रसाईली (हिमाल ) बिगत २ महिना देखि बोन म्यारो क्यानसर जस्तो रोगसङ्ग लडिरहेका छन् ।
सानै उमेरमा बुवा गुमाएका १७ वर्षका भएका रुपलालले आर्थिक रुपमा बिपन्न भएकाले सहयोगको अपिल गरिरहेका छन् ।
सोही जानकारी पाएसँगै सेवा सहयोग र आवाजमा हामी संस्था हेटौडाका अध्यक्ष विशालराज महत केही सहयोग सामाग्री सहित उक्त स्थानमा बुधाबार पुगेका छन् ।
बिरामीको लागि तत्काल ओड्ने ओछ्याउनेको समस्या पर्यो भनेपछि ओड्ने ओछ्याउने र बिस्तारा लिएर अध्यक्ष महत पुगेका हुन् ।
सोही क्रमामा केही व्यक्तिहरूले सहयोग गरिदिनुस् भन्दै उपलब्ध गराएको रकम सहित समाग्री हस्तान्तरण गरेका हुन् ।


आमा २जना बहिनी सहित हाल स्वास्थ्य उपचारबिहिन भएका रुपलालले आफ्नो जीवन बचाइदिन अग्रह गरिरहेका हुन ।
उपचारकै क्रमामा जमिन समेत बिक्रीगरेको र थप उपचारमा सम्स्या परेको उनको आमा बताउछिन् ।
उनी भन्छिन् “आर्थिक अवस्थामा पनि सम्स्या छ सहयोग गरेर मेरो छोरो बचाइदिनुस ।”

उक्त्त स्थानमा पुगेपछी भर्खख १६ वर्ष पूरा भएका रुपलालको स्वास्थ्य उपचारको लागि आफुबाट हुन सक्ने सयोग गर्ने बताए।
………………………………………………………………………………………………………….
Sent
























प्रतिक्रिया दिनुहोस्