हेटौंडा फुटबल एकेडेमीको टोली

हेटौंडा । चितवन जिल्लाको खैरहनी नगरपालिकामा जारी प्रथम ज्यामिरे कप खुल्ला नकआउट फुटबल प्रतियोगिताबाट मकवानपुरको हेटौंडा फुटबल एकेडेमीको टोली बाहिरिएको छ ।  आइतबार भएको क्वार्टरफाइनल खेलमा जय मङ्गला युथ क्लबसँग २-० गोलले पराजित हुँदै हेटौंडा फुटबल एकेडेमीको टोली प्रतियोगिताबाट बाहिरिएको हो । जय मङ्गला युथ क्लबका लागि पदम नेपालीले २ गोल गरेका थिए । उनले  पेनाल्टी मार्फत पहिलो हाफको ३८ मिनेटमा  गोल रेका थिए । दोस्रो हाफको २८ मिनेटमा उनले अन्तिम गोल गर्न सफल भएका हुन् ।

यस अघि मंगलबार भएको आफ्‌नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले चैनपूर युनाइटेडलाई ४–२ गोलले टाइब्रेकरमा पराजित गरेको थियो ।  खेलको म्यान अफ द म्याच हेटौंडा गोलकर्ता पदम नेपाली घोषित भएका छन्  । उनले नगर १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा मकवानपुरको हेटौंडासहित अयोजक ज्यामिरे ए, बी, बागमती पुलिस क्लब, न्यू सिम्रेनी, मकवानपुरको सुनाचुरी, चैनपूर युनाइटेड, जय मंगल युवा क्लब, श्री परिवर्तन हातेमालो जगतपूर, एन्फा यु–१६, रत्ननगर नगरपालिकाको खेलकुद विकास समिति, बिटीएस माडी, पिठुवा एकेडेमी, दिगो विकास एफसी, पार्वतीपूर र हर्दी युवा समाजको टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल पुस २५ गते हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी