रोशन दिप – परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विहिवार गरको विश्वब्यापी वातावरण सर सफाइ अभियान अन्तगर्त मेलम्ची बजार बृहत वातावरण सरसाफाइ कार्यक्रम सम्पन्न भएको छ ।
प्लास्टिक सङ्कलन तथा वातावरणीय सचेतना जागरण भन्ने मुल नाराका साथ प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियानको ब्यानर सहित मेलम्ची मुख्य बजारमा करिब २०० जनाको सहभागीतामा सरसाफाइ कार्यक्रम गरेको हो।
कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ्ग ले मेलम्ची बजार क्षेत्र र नदी सफा र सुन्दर राख्न साथै सबैलाई स्वस्थ रहन सरसफाइ अभियान चलाएकोमा परमेश्वरको मण्डलीलाई आभार व्यक्त गरे ।
पछिल्लो समय तिव्र रुपमा वातावरण प्रदुषण र जलवायु परिवर्तन भइरहेको कारण मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेकोले वातावरण संरक्षण गर्नका लागि प्र्रत्यक्ष र अप्रत्यक्ष रपमा सबै मानिसलाई सहभागी हुन प्रोत्साहन दिने उद्देश्यले कार्यक्रम गरिएको सहभागी समुहले बताए ।
मेलम्चीमा गरेको कार्य संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्य प्राप्ति गर्नका लागी गरिने विश्वव्यापी वातावरण सरसफाईको अभियान अन्तर्गतको एउटा भाग मात्र रहेको बताउँदै यसमा आधारित रहेर कोभिड १९का कारण जोखिममा परेकालाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, २८०००भन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व गर्दै आइरहेको बताउँदै शिक्षक, समाजसेवी, जनप्रतिनिधी, पत्रकार लगायतको सहभागीतामा कार्यक्रम गरिएको हो।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो ।हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको वैधानिक मण्डली हो ।


























प्रतिक्रिया दिनुहोस्