हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै एपीएफ क्लबले सेमीफाइनलको यात्रा पुरा गरेको छ । बागमती–८ स्थित जनता माध्यमिक विद्यालय मैदानमा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै एपीएफले सेमीफाइनलको यात्रा पुरा गरेको हो ।
एपीएफ तर्फबाट अनिष महर्जनले दोस्रो हाफको १६ औं मिनेटमा एक गोल गर्दै पहिलो अग्रता दिलाउन सफल भएका थिए । दोस्रो हाफकै १६ मिनेटमा विदेशी खेलाडी फोडे फोफोनाले एक गोल गर्दै अग्रतालाई बढाएका हुन् । कम्जोर हालतमा देखिएको चर्च ब्वाई विरुद्ध दोस्रो हाफकै २४ मिनेटमा अनिष महर्जनले थप एक गोल प्राहार गर्दै अफ्नो टिमलाई ३–० गोल अन्तरले अग्रता दिलाउन सफल भएका थिए । । दोस्रो हाफको ४० मिनेट सम्म ३–० गोलले पछि परेको चर्च ब्वाइजको तर्फबाट ४३ मिनेटमा विशाल वस्नेतले एक गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेन्न् ।
मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विजेता समेत रहेको एपीएफले फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । शनिबार सेमीफाइन प्रवेशका जावला खेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।























प्रतिक्रिया दिनुहोस्