मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माध्यमिक विद्यालयको चौरमा जारी छैठौं बागमती गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली बागमती खेलकुद विकास समिती, मकवानपुर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार प्रीक्वाटरफाइनल अन्तरगत भएको खेलमा निर्धारित समयमा दुवै टोलीको तर्फबाट १-१ गोलको बराबरीमा सकिएकोले खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा बागमतीले हिमालयन शेर्पा क्लब, काठ्माडौँलाई ५-४ गोल अन्तले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलमा बागमतीका तर्फबाट ललित चौलागाईं म्यान अफ द म्याच घोषित भए र नगद १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो क्वाटरफाइनल खेलमा नव जन जागृती क्लब, सिमरा र न्युरोडटिम एनआरटी काठमाडौँ बीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणमा सुरु भएको प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टहरुल खेलाडीले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी फाल्गुन १० गते हुनेछ ।
























प्रतिक्रिया दिनुहोस्