हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९/८० को वार्षिक समिक्षा सम्पन्न गरेको जनाएको छ ।
उपमहानगरबाट गरिएका कार्यहरु, चुनौंति, सुधारका निम्ति अपनाउनु पर्ने रणनितीको बारेमा छलफल सहित उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक समिक्षा सम्पन्न गरेको हो।
बार्षिक समिक्षामा जानकारी दिए अनुसार आर्थिक बर्ष २०७९/८० मा ३ अर्व ३० करोड ९ लाख ५५ हजार बजेट मध्य चालु तर्फ १ अर्व ४० करोड ३९ लाख ८४ हजार ३४५, पुजिँगत तर्फ १ अर्व ६ करोड १३ लाख ३२ हजार ६७० रुपियाँ र वित्तीय व्यवस्थापन तर्फ ८५ लाख ६५ हजार ७० रुपियाँ गरी जम्मा २ अर्व ४७ करोड ७८ लाख ८२ हजार ८५ रुपियाँ खर्च गरेको हो ।
आर्थिक बर्षमा सामान्य प्रशासनबाट भएका काम आर्थिक विकासबाट भएको काम,शहरी पुर्वाधार बिकासबाट भएको काम, सामाजिक विकासबाट भएका काम, शिक्षा विकासबाट भएका काम , महिला तथा वालबालिकाबाट भएको कामका बारेमा जानकारी गराएको हो ।
मेयर मीना कुमारी लामाको सभाध्यक्षतामा सम्पन्न समिक्षा बैठकमा उपमहानगरका काम कर्वाहीलाई थप प्रभावकारी बनाउँनका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।
सेवालाई चुस्त बनाउँदै वडातहबाट हुन सक्ने सेवा प्रवाहलाई नगरसम्म ल्याउने काम रोक्नका लागि कामकार्वाहीका लागि आगामि मासिक बैठकमा प्रतिवेदन सहित उपस्थित हुन मेयर मीना कुमारी लामाले निर्देशन दिइन् ।
मेयर लामाले भनिन् “विकासका लागि हरेकको तर्फबाट सहयोग आवाश्यक छ ।”
बार्षिक समिक्षा कार्यक्रममा उपमहानगरका विभिन्न वडाका अध्यक्ष, नगर कार्यपालिकका सदस्य, प्रमुख प्रशासकिय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।
…………….














प्रतिक्रिया दिनुहोस्