बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका वडानम्बर ७ मा टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।बुधबार  पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २३ गते हेटौंडा ७ नागस्वतीमा  सुरु हुने  बारेमा जानकारी गराइएको  हो।

उक्त आयोजना गरिने प्रतियोगिता २७ औं संस्करणमा साविक विजेता नवज्योति टोलको भीआइपी फुटबल क्लबले आयोजना गर्ने भएको नवज्योति टोल विकास संस्था अध्यक्ष एवम् प्रतियोगिताका संयोजक सुशील सुवेदीले बताए।

उनले बताए  अनुसार २०५२ सालदेखि सञ्चालन हुँदै आएको हो भने प्रतियोगितामा  विजेताले ५० हजार रुपैयाँ नगद सहित ४० केजी खसी, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्  ।

त्यस्तै   उपविजेता टिमले ३० केजीको खसीसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

८ देखि १० वटा टिमको सहभागिता रहने प्रतियोगिता आयोजनाका लागि ७ नम्बर वडा कार्यालयले एक लाख रुपैयाँ र स्थानीय धनबहादुर थापाबाट ५३ हजार रुपैयाँ सहयोग प्राप्त हुने छ।

सोहिक्रममा आर्थिक समितिका संयोजक राजु कार्कीले  बताए अनुसार करिब ३ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।

प्रतियोगिता हेटौंडा–७ स्थित नवज्योति माविको खेलमैदानमा गरिने छ भने खेल कात्तिक ३ गते समापन  हुने छ।