एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतारविरूद्ध खेलिरहेकाे नेपालले तेस्रो विकेट पनि गुमाएको छ। खराब सुरुवात गरेको नेपालले ५८ रन जोड्दा ३ विकेट गुमाइसकेको छ। १९ रन बनाएर खेलिरहेको आशिफल शेखलाई कतारका इक्रामुल्लाहले मोहम्मद तनवीरको हातबाट क्याच आउट गराए।

यसअघि नेपालले दोहोरो रन नजोड्दै दुबै ओपनर गुमाएको थियो। दोस्रो विकेटको रुपमा ओपनर भीम सार्की आउट भए। उनले १२ बलको सामना गर्दै मात्र ६ रन जोडे। नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भूर्तेललाई मात्र २ रन  गुमाएको थियो। दुबै ओपनरलाई कतारका मुनावराले आउट गरे।

ताजा अवस्थामा नेपाल तीन विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा रोहित पौडेल र सोमपाल कामी छन्। नागरिक न्युजबाट साभार गरिएको छ ।