हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले भौतिक विकाससंगै सामाजिक र मानवीय विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

हेटौंडा ४ मा रहेका गैर सरकारी संस्थाहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै सामाजिक अभियानलाई प्रभावकारी बनाउन संस्थाहरूको महत्वपूर्ण भूमिका रहने भएकाले विकृति, विसंगति, हिंसा, विभेद विरूद्व अभियानमा विषेस जोड दिनुपर्ने वडाध्यक्ष सिग्देलले बताएका हुन् ।

आजको समयमा भौतिक विकाससंगै सामाजिक र मानवीय विकास पनि आवाश्यक्ता भएकाले  यस्ता कार्यमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

गैर सरकारी संस्थाहरूको भेलाले सामाजिक अभियान सञ्जालमा माईती नेपालको तर्फको माया लामाको संयोजनमा १३ सदस्यीय गठन गरेको छ ।

सञ्जालको सचिवमा नारी संरक्षण केन्द्रबाट जेरोम घले, मकवानपुर महिला समूहबाट कोषाध्यक्ष कमला सुवेदी रहेका छन् ।
सदस्यहरुमा सदस्यहरू अर्जुन खड्का(सिडियो, नेपाल), सकुन्तला पौडेल(कोसिस नेपाल), राजु सुवेदी(मकवापुर पोजेटिभ समूह), सरू विक,(महिला तथा वालवालिका सरोकार केन्द्र), बुद्व लामा (ईस्थर ब्यान्जमिन), कुमारी वाईवा(हिमराईट्स, मकवानपुर), शान्ता वराल, शर्मिला श्रेष्ठ (उज्ज्वल भविष्य), दुर्गा घोरसाईनी(आश्रय नेपाल), राधिका चौलागाई (महिला जागरण समूह) रहेका छन् ।

सञ्जालको सल्लाहकारमा आरती पाठक(अस्मिता नेपाल), सरस्वती बर्ताैला(नारी सीप सृजना केन्द्र) र किरण थापा( ब्लु डाईमन सोसाईटी) रहेको ४ नं. वडा सचिव टीका कडेंलले बताए । भेलामा वडा सदस्य जनरल श्रेष्ठसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।