मकवानपुर सुनचाँदी व्यवसायी संघको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष केशव रसाइलीको सभाध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नया कार्यसमिति चयन भएको छ ।
शनिबार भएको संघको चौथो अधिवेशनमा अध्यक्षमा पवन कुमार शाक्य चयन भएका छन् ।
अध्यक्षमा शाक्य सहित २७ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा गोपीलाल विक, उपाध्यक्षमा रुपेन्द्र राज बज्राचार्य र विजय विश्वकर्मा रहेका छन् ।
महासचिवमा राजकुमार रसाइली, सचिवमा राजकुमार विश्वकर्मा, सह–सचिवमा उज्जल शाक्य, कोषाध्यक्षमा कमल सिन्चुरी र सह–कोेषाध्यक्षमा लालुराम विश्वकर्मा चयन भएका हुन् ।
व्यवसायी संघका निवर्तमान अध्यक्ष केशव रसाइलीको सभाध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।














प्रतिक्रिया दिनुहोस्