एमालेको उम्मेदवार राष्ट्रपति हुने दाबी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै शुक्रवार संसद् भवन परिसरमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गतै नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन ।’

प्रतिनिधि सभाको बैठकअघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।