हेटौंडा उपमहानगर२ स्थित श्री बाबा बैद्यनाथ खाद्यन्न भण्डार नजिकै सडक पेटीमा बस्ने गरेका सानो बालक र लगभग ७ वर्षिया बालिकाको उद्धार भएको छ ।
हेटौंडा उपमहानगर वडा नम्बर २ का वडासदस्य सुरज बर्तौला र बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीको विषेस पहलमा बालबालिकाको उद्धार भएको हो ।
हेटौंडा २ स्थित श्री बाबा बैद्यनाथ खाद्यन्न भण्डार नजिकै सडक पेटीमा श्रीमान श्रीमती १ सानो छोरा र लगभग ७ वर्षिया छोरी सडक छेउको सडक पेटीमा बस्ने गरेका हुन् ।
ति ७ वर्षिया बालिका मुख्य बजारमै हात फैलाउदै अंकल पैसा दिनुस्न भन्दै हिड्ने र बालिकाले संकलन गरेको रकमले उनको गार्जेनले रक्सी पिउने गरेका थिए ।
अधिक रक्सि पिएर विच सडकमा लडिरहे संगै श्रीमानले कुटिरहेको दृश्य समेत देखिने गरेको भएपनि संघ संस्थाले पनि सरोकारवालाहरुले बाल अधिकारको संरक्षण गरौं भनिरहेपनि शिक्षा पाउनुपर्ने समयमा सडक पेटीमा बस्ने गरेका दुई दमपती अधिक रक्सी पिएर बेहोसी अवस्थामा रहदा बालबालिका उद्धारका लागी चासो लिएको थिएन ।
यसै विषयमा रातो समाचार युनिटले गरेकोे प्रश्नमा बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले सडक बाट अफुहरुले सिधै बालबालिका लग्न नपाइने बताएका थिए ।
बालिकाले मागिरहेको अवस्थामा प्रश्न गर्दा बालिकाको बुवाले चोरेर नखाएको र माग्न लाज नहुने सहजै प्रति उत्तर फर्काउने गरेका थिए ।आमाबुबाले छोरीलाई माग्न पठाउने सबै पैसाको रक्सी पिउँने र छोरीलाई पढ्न समेत नदिदा पनि बालबालिकहरुको भविष्य बर्वाद हुने देखिएको स्थानियहरुले बताइरहेका थिए ।
पछिल्लो समय यस विषयमा हेटौंडा उपमहानगर वडा नम्बर२का वडासदस्य सुरज बर्तौला चासो दिएर तात्तिन सुरु गरे।
ति बालबालिकाको बुबाको समेत मृत्यु भयो ।
सडकपेटीमा बसिरहने बालबालिका जन्मदर्ता समेत नभएर जन्मदर्ता बिहीनभएको भन्दै जन्म दर्ताको पहलमा जुटे ।
जन्मदर्ता भए पश्चायत उद्धार भएको छ ।
उद्धार भएको सानो बालक हाम्रो घर बालगृह हेटौंडा ५ र बालकालाई हेटौंडा ११ मा रहेको ग्रामिण असहाय बालबालिकालाई समुदायिक पुर्नस्थपना केन्द्रमा लगिएको हो ।














प्रतिक्रिया दिनुहोस्