हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा प्रथम शहिद लखन थापा मगरको शालिक अनावरण गरिएको छ ।
१४६ औं लखन स्मृति दिवसको अवसर पारेर प्रथम शहिद क्यापटेन लखन थापा मगर स्मृति बाटिका स्थित हेटौंडा १२ मा हेटौंडा उपमहानगर मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा लामाद्धारा थापाको शालिक अनावरण गरिएको हो ।
बाटिकाका बिश्व कुमार आले मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाको विशिष्ठ आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मधुकरसिंह गलामी, सन्देश तुम्सिङ्ग वडाध्यक्षहरु, नेपाल आदिवासी जनजाती महासंघका जङ्ग ब. गुरुङ्ग
लखन थापा प्रतिष्ठान सदस्य संजोक लाफा मगर, प्रतिष्ठान उपाध्यक्ष उमेश थापा मगर, नेपाल मगर संघ केन्द्रीय सहउपाध्यक्ष गंगा बहादुर थापा लगायतले मनतव्य व्यक्त गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्