कपडा तथा तयारी पोसाक व्यवसायी संघ मकवानपुरले  केही न्यानो कपडा बितरण गरेको छ ।
मकवानपुरको भिमफेदी गाँउपालिका अन्तरगर्त श्री जनता आधारभूत विद्यालय भिमफेदी १, श्री लक्ष्मि आधारभूत विद्यालय, पोखरी प्राथामिक बिद्यालय भिमफेदी २, पदम ज्योती आधारभूत विद्यालय ९ का बिद्यार्थीहरुका लागि न्यानो कपडा बितरण गरेको हो ।

सोही क्रममा कपडा तथा तयारी पोसाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा सहित पदाअधिकारीहरु द्धारा संकलित रकम बाटनै गरिब विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुका लागि न्यानो कपडा हस्तान्तरण गर्न पुगेका हुन् ।