आलु लगाउने समय नजिकिँदै गर्दा पनि पर्याप्त रूपमा रासायनिक मल खरिद गर्न नपाएपछि जिल्लाको थाहा नगरपालिकाका किसान सडकमा उत्रिएका छन् ।

खेती लगाउने समयमा समेत मल नपाएको भन्दै किसानले बिहीबार यार्लीसहित नगरपालिका पुगेर विरोध प्रदर्शन गरेका छन् ।

तरकारी खेतीको पकेट क्षेत्रको रुपमा परिचित थाहाका किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उदेश्यले कार्यालय प्रदर्शन गरेको किसान हकहित संघर्ष समितिले जनाएको छ ।