चिनारी सन्देश साप्ताहिक द्धारा हिन्दु नारीहरुको हरितालिका तिज तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा चिनारी सन्देशको अनलाईन संस्करण चिनारी सन्देश डटकमको पनि शुभारम्भ गरिएको जानकारी गराइएको छ ।

सोही क्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेबताईन् ।

मन्त्री मोक्तानले तीजलाई भड्किलो र खर्चिलेभन्दा सन्देशमूलक बनाउनुपर्ने रपछिल्लो समय महिलाहरु शिक्षित भएकै कारणले हरेक क्षेत्रमा सहभागीता बढेको बताईन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एंव नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलमाी ‘छिन्तु’ ले
पछिल्लो समय तीजलाई मौलिकभन्दापनि अरुको देखासिखी गरेर मनाउने गर्दा तीजको महत्व कम भैरहेको उल्लेख गरे । बताउनुभयो ।
हिन्दु नारीहरुले मनाउने तीजलाई धार्मिक, सामाजिक महत्वमा लैजान आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, सचिव शुभलक्ष्मी विक, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सदस्य भावना रिजाल, फोनिज मकवानपुर उपाध्यक्ष नवराज वाईवा, गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकमेची महाकाली बुहारी समाजका सह संयोजक मन्जु फुयाँल लगायतकाको उपस्थिती रहेको थियो ।