Rato Samachar
Sat, 31 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

सामाजिक सुरक्षा भत्ता वितरण गर्न मेयर गाउँ–गाउँमा

बैतडीको मेलौली नगरपालिकामा गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीमबहादुर चन्द गाउँटोलमा खटिनुभएको छ । नगरका ज्येष्ठ नागरिक र अशक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू गाउँटोलमा पुगेको नगर प्रमुख चन्दले बताउनुभयो । उहाँले भन्नुभयो,“ ज्येष्ठ तथा अशक्त नागरिकको समस्या बुझ्नकै लागि गाउँगाउँ पुगेका हौँ, उनीहरुको समस्या पहिचान गरेर नगरपालिकाले थप सहयोगका कार्यक्रम गर्नेछ ।” नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो र चाथौ त्रैमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि गाउँटोल पुगेर भत्ता वितरण गरिरहेको हो । नगरपालिका र मेलौलीमा रहेको एनसीसी बैंकको शाखाले गाउँ टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । वर्षादको समयमा स्तरीय बाटो नभएका कारण आवतजावत गर्न पनि समस्या भएका बेला उनीहरुलाई केही राहत पुगोस भनेर गाउँगाउँमा जाने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो । वडा नं १ को जर्केु टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको शुभारम्भ गरिएको र यो अभियान सबै वडामा लागु हुने नगरपालिकाले जनाएको छ । सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिकले लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो । नगरपालिकाले गाउँ गाउँमा गएर भत्ता दिन थालेपछि नागरिक पनि खुसी भएका छन् । नगरपालिकामा सामाजिक सुरक्षाभत्ता पाउने सूचीमा चार हजार ६०३ जना रहेका छन । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

2

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

3

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता
4

The Evolution of Slot Game Design: Enhancing Player Engagement Through Themed Experiences

5

Emerging Trends in Digital Slot Gaming: An Industry Analysis

6

Fundierte Analyse der Online-Glücksspielbranche: Regulierung, Betrugsschutz und Nutzervertrauen

7

Innovazione e Sostenibilità nella Chimica Industriale: La Digitalizzazione al Servizio della Ricerca

8

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री
9

राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यु डायमण्डसँग सामना गर्ने

रातो समाचार संवाददाता
10

राष्ट्रिय महिला भलिबल प्रतियोगिता, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको जीत, दोस्रो खेलमा न्यू डाइमनसँग पराजित भएसँगै आयोजक मकवानपुर प्रतियोगिताबाट बाहिरियो

रातो समाचार संवाददाता


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology