Rato Samachar
Tue, 16 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाज

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा डेढवर्षमा नेतृत्व

लुम्बिनी प्रदेशसभामा विगत डेढवर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेका विषयगत संसदीय समितिले आज बल्ल नेतृत्व पाएका छन् । प्रदेशसभामा रहेका सात विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका चार समितिमा आज सभापति निर्वाचित भएका छन् । रिक्त संसदीय समितिका सभापतिमा प्रदेशसभामा महत्वर्पूण समिति मानिने सार्वजनिक लेखासमितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाएको छ । उक्त समितिको सभापतिमा एमालेका प्रदेशसभा सदस्य रहनुभएका विष्णु पन्थी हुनुभएको छ । यसअघि तत्कालीन नेकपा नेतृत्वमा प्रदेश सरकार रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट डिल्लीबहादुर चौधरी यस समितिको सभापति हुनुहुन्थ्यो । नेकपा नेतृत्वको सरकारपछि बनेको गठबन्धन सरकारमा उहाँ सहरी विकास तथा पर्यटनमन्त्री बनेपछि यो समिति नेतृत्व विहीन बन्न पुगेको हो । यससँगै अन्य दुई समितिको नेतृत्व पनि एमालेले पाएको छ । एमालेले कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको प्रदेशसभामा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । उहाँले विषयगत समितिमा नेतृत्व आफूहरुले विगतदेखि नै सहमतिका आधारमा चयन गर्न राखेको प्रस्ताव सत्तापक्षले बल्ल स्वीकार गरेको बताउनुभयो । यस्तै सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले प्रदेशसभा सदस्यबाट राजीनामा गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएपछि सो पदसमेत रिक्त रहदै आएको थियो । प्रदेशसभाबाट राजीनामा गरेका पाण्डे केही समयमै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । साथै कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव तत्कालीन नेकपा विभाजन पश्चात बनेको शङ्कर पोखरेल नेतृत्वको सरकारमा जनता समाजवादीका तर्फबाट मन्त्री बनेपछि उक्त समितिको सभापति पनि रिक्त रहेको थियो । यस्तै सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् । सो दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने तारा जिसी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा निर्वाचित हुनुभएको छ । प्रदेशसभामा राजमोका एक जना मात्र सदस्य हुनुहुन्छ । यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने नेकपा विभाजनमा एमालेमा लागेकाले माओवादी केन्द्रले उहाँलाई प्रदेशसभा सदस्यबाट कारबाही गर्न सिफारिस गरेकाले सो पद रिक्त रहँदै आएको थियो । सार्वजनिक लेखामितिको सदस्यमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गीता थापा रहनुभएको छ । प्रदेशसभामा ती समितिको निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रमअनुसार सबै समितिमा एकल उम्मेदारी परेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आज निर्वाचन कार्यसूचीमा सबै समितिमा सभापतिमा निर्विरोध चयन भएको घोषणा गरिएकोसमेत प्रदेशसभा सचिव पुनले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology