जेसीआई बसामाडीको जेसीज सप्ताह वर्ष २०२२ वार्षीक कार्यक्रमहरुको आयोजना अन्तर्गत आज पाँचौ दिन खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

नेतृत्व र बेक्तित्व बिकासमा काम गरिरहेको युवाहरुले सामाजीक सेवामा समेत सक्रियता देखाउदै मकवानपुरको भिमफेदीमा रहेको नेपाल बाल संगठन, मकवानपुरद्वारा संचालित  बाल मन्दिरमा एक कार्यक्रमको आयोजना गर्दै खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।

अभियान अन्तर्गत आइताबार हेटौडा उपमहानगर २ स्थित बनस्खण्डी मन्दिरका लागी इन्भटरको ब्याट्री सहयोग, दोस्रो दिन सोमबार हाम्रो घर बालगृहलाई खाद्यन्न सहयोग, तेस्रो दिन मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता, बुधाबार चौथो दिन खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको जेसीआईका अध्यक्ष चिराग अग्रवालले बताए ।

उनले शुक्रबार छैठौ दिनमा बसामाडीको श्री महेन्द्र किरण माबिकामा लागुऔषध दुव्र्यसन सचेतना कार्यक्रम गरिने र शनिबार समापन गरिने बताएका हुन् ।

विहिबार भिमफेदी पुगेका जेसी युवाहरुले पाँचौ दिनमा हाल २७ जना अभिभावक बिहिन बालबालिका आश्रीत रहेको संगठनमा सहयोग गर्न पाउदा खुसी लागेको बताएका थिए भने कार्यक्रमका संयोजक अनिल बसेलले महत्वपुर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिएकोमा जेसी अनिल बसेलले धन्यबाद व्यक्त गरे ।

जेसीआईका अध्यक्ष चिराग अग्रवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका व्यवस्थापक २०२२ महासचिव जेसी जनक शर्मा भण्डारी, का.का. अध्यक्ष मुल कार्यक्रम संयोजक जेसी सुरज डङ्गोल, सह मुल कार्यक्रम संयोजक उपाध्यक्ष २०२२ जेसी मनिष घिमीरे, जेसी प्रविण मैनाली,पुर्व जेसिज सुनील दहाल, जेसीजका पदाधिकारी एंव सदस्यहरु लगायको उपस्थिती रहेको थियो ।