जेसीआई बसामाडीको जेसीजले सुरु गरेको सप्ताह वर्ष २०२२ अन्तर्गत आयोजित अन्तर जेसीज फुटसल प्रतियोगितामा आयोजक बसामाडी जेसीज विजयी भएको छ ।
बसामाडीले फाइनल खेलमा हेटौंडा जेसीजलाई ५ २ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।
प्रतियोगितामा पाँच वटा जेसीज सहभागि भएका हुन् ।
प्रतियोगितामा आयोजक बसामाडीको जेसीज, हेटौंडा जेसीज, बस्तिपुर जेसीज, बकैया जेसीज प्रस्ताविक र हरिवन जेसीज प्रस्ताविक सहभागी भएकाहुन् ।
विजेता टिमले कप र मेडल प्राप्त गरेका छन् भने उक्त मेडल पुरस्कार कार्यक्रमको समापनमा बितरण गरिने अध्यक्ष चिराग अग्रवालले बताए ।
सप्ताह वर्ष अभियान अन्तर्गत आइताबार हेटौडा उपमहानगर २ स्थित बनस्खण्डी मन्दिरका लागी इन्भटरको ब्याट्री सहयोग गरेर कार्यक्रमको सुरु गर्दै दोस्रो दिनमा सोमबार हाम्रो घर बालगृहलाई खाद्यन्न सहयोग गरिएको बताए ।
जेसीज सप्ताह कार्यक्रम अन्तरगत बुधबार बिहान ७बजे कमानेमा रहेको आशा विद्यालयमा खाद्यान्न एंव शैक्षिक सामाग्री वितरण गरिने अध्यक्ष अग्रवालले बताए ।
अध्यक्ष चिराग अग्रवालसभाध्यक्षतामा सविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न फुटसल प्रतियोगिताको संयोजन जेसी ध्रुव गौतमले गरेका थिए ।
उक्त कार्यक्रममा २०२२ महासचिव जेसी जनक शर्मा भण्डारी, का.का. अध्यक्ष मुल कार्यक्रम संयोजक जेसी सुरज डङ्गोल, सह मुल कार्यक्रम संयोजक उपाध्यक्ष २०२२ जेसी मनिष घिमीरे, कार्यक्रम संयोजक जेसी निरज अर्याल, जेसी गौतम केसी, जेसी सरोज घिमीरे, जेसी रमेश शर्मा, जेसी दिपेन्द्र यादव, जेसी धुर्व गौतम जेसीजका पदाधिकारी एंव सदस्यहरुको उपस्थिती रहेको थियो ।
जेसीआइका युवाहरुले मन्दिरका लागी इन्भर्टर ब्याट्री दिएर सुरु गरे सप्ताहव्यापी कार्यक्रम














प्रतिक्रिया दिनुहोस्