बागमती प्रदेशको राजधानी हेटौंडाबाट सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जको आयोजनमा ५ दिने रेडियो उद्घोषण तालिम गर्ने भएको छ ।
यही साउन १३ गतेदेखि १७ गतेसम्म उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिन लागेको स्टेशन म्यानेजर बालकृष्ण दाहालले बताए ।
उनले बिभिन्न कलासंगै बोल्ने कलापनि अतिनै आवाश्यक रहेकाले बोल्ने बानी पार्न र रेडियो प्रतिको क्रेज वृद्धि होस् भन्ने सोच सहित आयोजना गरिने तालिम पश्चायत उत्कृष्ट ३ जनालाई रोजागरीको अवसर दिइने बताए ।
५ दिने रेडियो उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागीकालागि अनुरोध समेत गरेका छन्।
उनले बताए अनुसार हेटौंडा ४ मा रहेको रेडियोको कार्यलयमा था फो नं. ०५७ ५२५२६६ मा विस्तृत जानकारी लिन सकिने छ ।
















प्रतिक्रिया दिनुहोस्