Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

३६ वर्षपछि नारायणी सिँचाइ व्यवस्थापन कार्यालयको नाममा जग्गा

पर्साको वीरगञ्जस्थित नारायणी सिँचाइ व्यवस्थापन कार्यालयको करोडौँ मूल्य बराबरको जग्गाको लालपुर्जा ३६ वर्षपछि थप सात कट्ठा १५ धुर कार्यालयको नाउँमा आएको छ । कार्यालय हाताभित्र रहेको कूल पाँच बिघा क्षेत्रफलमध्ये पछिल्लो पटक थप सात कट्ठा १५ धुर जग्गा कार्यालयको नाउँमा आएको हो । कार्यालय हाताभित्र रहेको जग्गा २०३०÷३२ मा सरकारले मुआब्जा दिई अधिग्रहण गरे तापनि लगत कट्टा हुन नसकेपछि उक्त जग्गाको हालसम्म कार्यालयको नाउँमा लालपुर्जा बन्न सकेको थिएन् । साविक पर्सा बहुअरी वडा नं ७ को कित्ता नं ४ को सात कट्ठा १५ धुर जग्गाको भूमिसुधार तथा मालपोत कार्यालयले लगत कट्टा गरी लालपुर्जा बनाएपछि ३६ वर्षपछि बल्ल आएर लगत कट्टा भई उक्त जग्गा कार्यालयको नाउँमा आएको कार्यालय प्रमुख प्रशून मिश्रले जानकारी दिनुभयो । तत्कालीन अञ्चालाधीशको कार्यालयले नारायणी अञ्चल सिँचाइ विकास आयोजनाका लागि प्रतिकट्ठा रु एक हजारका दरले मुआब्जा दिई अधिग्रहण गरेको थियो । उक्त जग्गा बहुअरी, वीरगञ्ज–१४ का स्व सिलाकत मियाँको थियो । सुुरूमा उक्त जग्गा बारा भूमिसुधार तथा मालपोत कार्यालय अर्थात् त्यस बेलाको भूमि प्रशासन कार्यालय मातहत थियो । जग्गा अधिग्रहण गरी लगत कट्टा गर्नेबारे अञ्चलाधीशको कार्यालयले भूमि प्रशासन कार्यालय बारालाई पत्र लेखेको थियो । उक्त जग्गाको लगत कट्टा हुन नसकेपछि सो जग्गा हाल आएर स्व सिलाकत मियाँका छोरा जहुरद्दीन अन्सारीको नाममा नामसारी भएर कार्यालयको नाममा आएको हो । नारायणी अञ्चल सिँचाइ आयोजना हालको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयलाई २०७६ सालमा जग्गाको स्वामित्वबारे जानकारी भएपछि जग्गाप्रातिको लागि प्रक्रिया सुरू गरिएको थियो । भूमिसुधार तथा मालपोत कार्यालय मातहतको उक्त जग्गा २०६२ सालमा पर्सा भूमिसुधार तथा मालपोत कार्यालयको मातहतमा आएको थियो । त्यसैले कार्यालयले उक्त जग्गाका लागि पर्सा मालपोतसँग प्रक्रिया सुरू गरेको थियो । पछिल्लो पटक पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र पर्सा मालपोत कार्यालयका प्रमुख ऋषिप्रसाद दाहालको सहजीकरणमा जग्गाको लालपुर्जा बनेपछि सरकारी जग्गा संरक्षणमा टेवा पुगेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी इञ्जिनीयर सुबोध कुशावाहाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology