नेकपा ९एमाले० बागलुङ नगर कमिटीले बागलुङ नगरपालिकामा कार्यरत करारका कर्मचारी नहटाउन माग गरेको छ । बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई एमाले नगर कमिटी अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पुगेको टोलीले मङ्गलबार ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

नगरपालिकाले गत असार मसान्तमा १३ जना कर्मचारीको करार रद्द गरेको थियो । उनीहरु प्रक्रिया नपुगी करारमा आएकाले रद्द गर्नु परेको नगरपालिकाको भनाइ छ । गत ५ वर्षमा बागलुङमा १०३ जना कर्मचारी करारमा नियुक्त भएका थिए । उनीहरुमध्ये प्रक्रिया नपुगेकाको म्याद थप नभएको हो । “जो कानुनी प्रक्रिया नपुगेर जागिरमा प्रवेश गरेका थिए, उनीहरुको करार म्याद नथप्ने निर्णयअनुसार हटाइएको हो”, प्रशासन शाखाका ससबहादुर पुनले भन्नुभयो, “वडा तहमा रहेका कर्मचारीको कामको प्रकृति हेरेर वडाध्यक्षले हेरफेर गर्न सक्ने भन्ने निर्णय छ ।”
–––
–––रासस

फाइल तस्विर