हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा हेटौंडामा द ल्याभेण्डर स्टुडियोको उद्घाटन गरेकी छिन्।

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्रीले विवाहपछि भारतमा रहदैं आएकी थिइन् भने उक्त स्टुडियोको उद्घाटनका लागि नै लामो समयपछि हेटौंडामा आएकी हुन् ।
शुभारम्भदेखी एक महिना सम्म सामान खरिदमा १५ प्रतिशत छुटको व्यवस्था समेत रहेको र अर्डर अनुसार लेडिज तथा जेन्सका कपडा विक्री गरिने गरि हेटौंडामा पहिलो सञ्चालनमा आएको र अवलोकन गरिदिन आग्रह समेत गरेकी छिन् ।

भारत बस्दा आफुले प्रयोग गरिरहेको आएको ड्रेसको डिजाइनर प्रियंका बलामीले सञ्चालनमा ल्याएको बुटिक स्टुडियोको उद्घाटन गर्न आएको थापाले बताएकी हुन् ।

उनले आफुले प्रयोग गर्ने ड्रेसहरु बलामीकै रहेको र सँगै बसोबास गरेको बहिनिको व्यवसायमा थप उर्जा मिलोस भन्नका लागि भनी आफु हेटौंडा आएको बताएकी हुन् ।

७ वर्ष भारतमा ड्रेस डिजाइनर काम गर्दै आएकी हेटौंडाकी बलामीले हेटौंडा ४ हुप्राचौर खेलकुद विकास समिति अगाडी सञ्चालनमा ल्आएको सञ्चालक प्रियंका बलामीले बताइन् ।
सिकेको सीपलाई आफ्नै ठाउँमा सदुपयोग गर्न र दिदीबहिनीलाई सहज र नयाँ ड्रेस डिजाइन प्रयोग गर्न पाउने व्यवस्था गर्न करिब २५ लाख लगानीमा बुटिक स्टुडियो सञ्चालनमा ल्याएको उनले बताइन् ।

हेटौंडा ४ हुप्राचौर खेलकुद विकास समिति अगाडीको नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्रीले  उद्घाटन गरेको बुटिकमा अर्डर अनुसार साडी, कर्ता, लेहेङ्गा, गाउन, वाइडल ड्रेस, इम्बोड्रिइ ड्रेस, व्याग, जुत्ता गहना लगायतका सामाग्रीहरु पाइने छ ।