हेटौंडा उपमहानगर वडा नंबर १८ नेकपा एमाले तर्फका वडाध्यक्ष उम्मेदवार अनिल बाँनियाले निर्वाचनको समयमा आचारसंहिता विपरित जस्तापाता वितरण गर्न लागेको आरोप भ्रामक भएको बताएका छन् ।

वितरण गर्न लागेको भनिएको जस्तापाता बोकेको ना ५ त ६९३८ नम्बरको ट्याक्टरलाई बुधबार बिहान सुकौरा भालुखोलामा रोकिएको थियो ।

बानियाँले निर्वाचन आचारसंहिता विपरित सुकौरास्थित १४ घरधुरीलाई ४६ बण्डलको निलो रंग भएको ८,९ र १० फुटे जस्तापाता वितरण गरेको भनि संचार माध्यमा आएपछि नजिकीदै गरेको निर्वाचनको समयमा एमालेको नाम जोडेर विपक्ष दलका कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको दाबी गरे।

हेटौंडा १८ स्थित लालभित्ते,सुकौरा,घट्टे खोला क्षेत्रमा जस्तापाता वितरणको आरोपका विषयमा बुधाबार पत्रकार सम्मेलनमा बोल्दै विपक्ष दलले पराजितको डरमा गलत प्रचार गरेको बताएका हुन् ।

 

 

बाँनिया भन्छन् गत असारमै जस्तापाता दिने निर्णय भएको र फागुनमा उपभोक्तासंग सम्झौता गरेको जेठ सम्म सम्झौता अवधि रहेको थियो । कायलार्ई एमालेको नाम जोडेर निर्वाचनको मुखमा गलत प्रचार गर्नु जस्ता समातेर एमालेले बाढ्यो भनेर भ्रम फैलाउनु खेदजनक रहेको छ ।’

 

हेर्नुहोस् पत्र।।

anil baniya–जस्तापाता बाढ्यो