रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगिताको बिहिबार सेमिफाइनल अन्तरगत २ खेल भएको छ । खेलबाट हुप्रा सिटी र कर्णावती युवा क्लब फाइनलमा प्रवेश गरेको छ।
बिहिबार छैठौ दिनमा भएको पहिलो खेल हुप्रा सिटी र फायरलाइन एफ.सी बिच भएको थियो। जसमा हुप्रा सिटीले फायरलाइन एफ.सी लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने दोस्रो खेलमा कर्णावती युवा क्लबले रामनगर युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । माघ ६ गते शनिबार फाइनल खेल हुनेछ।
कर्णावती युवा क्लबको आयोजनामा भएको (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागी छन् । प्रतियोगिताको उपाधि विजेता हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् ।

























प्रतिक्रिया दिनुहोस्