रोशन दिप बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल सुरु भएको छ।

सोमबार तेस्रो दिनमा भएको पहिलो खेल तितेपनी एफ.सी र फायरलाइन एफ.सी बिच भएको थियो । जुन २/२ गोलको बराबरीमा सकियो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा धकेलिंदा फायरलाइन एफ.सीले तितेपानी एफ.सीलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

दोस्रो खेल मर्निङ स्टार र नागस्वती युवा क्लब बिच भएको थियो । जुन १-१ गोलको बराबरीमा सकियो। त्यसपछि खेल पेनाल्टी सुटाआउटमा धकेलिंदा मर्निङ स्टारले नागस्वती युवा क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरी तेस्रो खेलमा राम नगर युवा क्लबले मनकामनालाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

त्यसै गरी माघ २ गते मङ्गलबार २ वटा क्वाटरफाइनल खेल हुनेछ। पहिलो खेल दिउँसो १ बजे देवनगर एफ.सी र हुप्रा सिटी बिच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे कालिकामाई टोल र कर्णावती युवा क्लब बिच हुनेछ।

कर्णावती युवा क्लबको आयोजनामा भएको (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागी छन् । प्रतियोगिताको उपाधि विजेता हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् ।