थारू पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
नवलपुरको अमलटारीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
लेखीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी, बागमती प्रदेश उपाध्यक्ष किशोर चौधरी, उपत्यका उपाध्यक्ष सहदेव चौधरी, प्रदेश १ उपाध्यक्ष कुलदीप चौधरी, लुम्बिनी उपाध्यक्ष शम्भु चौधरी, मधेश उपाध्यक्ष प्रतिमा चौधरी चयन भएकी हुन् ।
महा–सचिवमा लक्ष्मी चौधरी, उप–महासचिवमा चितवनका विजय चौधरी, सचिवमा दिप्तीशिखा चौधरी, लीलानाथ गच्छदार, कोषाध्यक्षमा चितवनका कारी महतोलाई चयन गरिएको छ ।
यस्तै गरि सदस्यहरूमा सवि चौधरी, धीरेन्द्र चौधरी, मनोज चौधरी, सुमित्रा चौधरी, दिनेशकुमार चौधरी, राम चौधरी, जनक चौधरी र नविन चौधरी, राज चौधरी चयन भएका छन् ।
शुक्रबार थारु आयोगका अध्यक्ष विष्णु चौधरीद्धारा कार्यक्रमको उद्घाटन गर्दै संघको मुखपत्र फूलरिया, प्रवासमा थारु पुस्तक र चितवन शाखाबाट प्रकाशित थारु क्यालेण्डरको विमोचन गरिएको थियो ।
यसैक्रममा – ओसिएस थारु राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट ठाकुरसिंह थारु, ओसिएसस राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट दुष्यन्त चौधरी, जोखन–जगत रत्गैया राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट बुनु थारु, जोखन–जगत रत्गैया राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट लखन दहितलाई जनही १० हजार सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै गरि स्वदेश एफएम स्टेसन मेनेजर सरिता महतो “अपेक्षा”लाई नगद ५ हजार ५ सय सहित सुष्मा महिला थारु सशक्तिकरण पुरस्कार प्रदान गरिएको हो ।























प्रतिक्रिया दिनुहोस्