स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड हेटौँडा शाखाको वित्तिय साक्षरता तथा १०औँ वार्षिक केन्द्र भेला सम्पन्न भएको छ ।

२०७६ साल माघ ४ गते ९ औँ वार्षिक केन्द्र भेला केन्द्र भेला र छात्रवृत्ति प्रदान सम्पन्न गरेपछि विश्वभरी फेलिएको कोभिडका कारणले यस वर्ष चैत्र १८ गते केन्द्र भेला हो सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा सदस्य दिदि बहिनीहरुलाई स्वरोजगार र उद्यमी बनाउन ऋण लगानी गरेको जानकारी दिदै कांहा र कसरी लगानी गरिन्छ भन्ने विषयमा चितवन गितानगर शाखाका प्रमुख नविन दुवाडीले जानकारी दिए ।

यसैे विच बालिकाहरुले नृत्य र कविता प्रस्तुत गरेका थिए भने ऋण लिएर उद्यमी हुने सदस्यहरुले व्याज दरमा कम गर्नुपर्ने ऋणलगानी बढाईनु पर्ने र कोरोना माहामरीमा समेत व्याजमा राहत नदिएको गुनासो सदस्यहरुको थियो ।

त्यसैविच ऋण लिएर उद्यमी बनेका दिदीबहिनीहरुले ऋण लिएर गरेको लगानीले सफल भएको समेत बताएका थिए ।

बिमला वाइवाको सभापतित्व अध्यक्ष ज्ञानेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम दिदिबहिनिहरुलाई स्वरोजगार र उद्यदमी बनाउन ऋण लगानी गएिको गरेको अध्यक्ष ज्ञानेन्द्र राज पाण्डेले बताए ।

नेपाल राष्ट्रि वाणिज्य बैँकको नियमन अनुसार नै संस्था चलेको बताउदै संस्थाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आइरहेको र माग अनुसार अन्य तालिमको व्यवस्था समेत गरिने बताए ।

देशभर १ लाख १८ हजार ५ सय सदस्य र हेटौडा शाखामा ३ हजार ३सय ४९ सदस्य दिदीबहीनी रहेको संस्थाले बताएका हुन्।
ऋण लगानी गर्ने मात्र नभएर सम्पुर्ण केन्द्रसम्म विभिन्न सिपमुलक तालिम ल्याएको अवस्थासंगै अझ थप व्यवस्था गरिने समेत अध्यक्ष पाण्डेले उल्लेख गरे।
२१५ समुह रहेको हेटौँमा १० वटा केन्द्रलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

 

 

 

 

सोही क्रममा हेटौँडा १६ को केन्द्र नं. ३१५६ दशौँ, केन्द्र नं. ३१५५ नवौँ, केन्द्र नं.३१३७ आठौँ, केन्द्र नं.३१४० सातौँ केन्द्र नं.३११६ छैठौ स्थानमा परेको थियो ।

त्यस्तेगरि हेटौँडा १६ को केन्द्र नं. ३०५६ पाँचौ, हेटौडा १५ शिखरपानीको केन्द्र नं.३१०५ चौथौ, हेटौडा १ चौकीटोलको केन्द्र नं. ३०४१ तृतिय, हेटौडा १ लालझाडीको केन्द्र न.३०७६,दोस्रो र हेटौडा को नं. ३१११ प्रथम स्थानमा परेको थियो ।

कार्यक्रममा सदस्य दिदिबहिनिहरुको समुहको अनुसासनको कदर गर्दै १० वटा केन्द्रलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो ।

देशभर १ लाख १८ हजार ५ सय सदस्य र हेटौडा शाखामा ३ हजार ३सय ४९ सदस्य दिदीबहीनी रहेको संस्थाद्धारा सम्पन्न कार्यक्रम बोल्दखै हेटौडा शाखा प्रमुख सुसन जोशीले  आगमी दिनमा थप सफलताको कामना गरे ।