झरना साहित्यिक परिवार मकवानपुरको ३१३ औं साहित्य शृङ्खला एवम् ३२ औं वार्षिक उत्सवका अवसरमा बकैया कला साहित्य महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बकैया कला साहित्य महोत्सव २०८१ आगामी फागुन १६, १७ गते हुने भएको जानकारी गराइएको हो ।
मकवानपुरको बकैया – ५ स्थित कर्मप्राप्ति माविमा गरिने कार्यक्रममा साहित्यमा आवद्ध श्रष्ठा, पत्रकार, साहित्यमा नवश्रजक सम्मान ,चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक,समकालीन गजल मुक्तक उत्सव हुने झरनाका सचिव मसान उपासकले बताए ।
सचिव मसान उपासकले बताए अनुसार करिब ५ लाख लागत अनुमानको कार्यक्रममा बकैया गाउँपालिका मुख्य प्रायोजक रहेको छ । सहकार्य कर्मप्राप्ति मावि रहेको छ ।
त्यस्तै गरि गाँउ पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव सम्मानित स्रष्टाको रचना वाचन, नवसर्जक रचना वाचन हुने छ ।
झरनाका अध्यक्ष विश्वनाथ सन्जेलको सभाध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सचिव मसान उपासक सञ्चारकर्मी लगागतको उपस्थिति रहेको थियो ।
……………………………………………………………………………………..
हेर्नुहोस् पुरा जानकारी
























प्रतिक्रिया दिनुहोस्