हेटौंडा उपमहानगरपालिका १५ नम्बर वड़ा कार्यालयको प्रायोजन र वड़ास्तरीय खेलकूद बिकास समिति हेटौड़ा१५ को आयोजनामा अन्तर वड़ास्तरीय १५नम्बर वड़ाध्याक्ष कप २०८० दोस्रो संस्करण हुने भएको छ ।

२८६०औ डुक ल्हो सोनाम ल्होछार नयाँ वर्ष को अवसरमा दोस्रो संस्करण हुने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत्र ९ गतेदेखि २२ गतेसम्म प्रतियोगिता हुने भएको जानकारी गराइएको हो ।

आयोजकले जानकारी दिए अनुसार प्रतियोगिता हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने र १९ वटै वडाहरुले समुह बनाई सहभागिता जनाउन सक्ने छन्् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र र उपविजेता समूहले ५० हजार रुपैयाँसहित शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रत्येक खेलको विधागत तर्फ उचित पुरस्कारको व्यवस्था गरिएको जानकारी गराइएको हो ।

पुरा जानकारकिा लागि तलको लिङ्कमा क्लिक गर्नका लागि अनुरोध गर्दछौँ ।

https://fb.watch/qxygOLXDD5/