बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनका लागी छनोट भएका खेलाडीहरुको हेटौंडामा बन्द प्रशिक्षण चलिरहेको छ।

मकवानपुरमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद बिकास समितिको भवनमा बन्द प्रशिक्षणका लागि रखिएको हो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेस खड्कीको नेतृत्वमा आइतबारबाट सुरु भएको बन्द प्रशिक्षणमा ९८ जना खेलाडी, १५ अफिसियल गरी १ सय १५ जना रहेका छन् ।

यसै विषयमा बोल्दै खेल क्षेत्र र खेलाडीलाई अघि बढाउन र सुरक्षित गर्नका लागि वडाबाटै कार्य सूरु गर्दापनि सफ हुने समितिका अध्यक्ष वेस खड्कीले  बताएका छन् ।

यसका लागि स्थानिय तहबाट एकैपट ४ करोड बजेट बिनियोजन गरेर क्याम्प स्थपना गरेर जिल्ला भरबाट २ सय जना खेलाडी राखेर हरेक खेलको प्रशिक्षण दिने हो भने खेलाडीहरुको सहजै उदय हुने बताए ।

 

अध्यक्ष खड्कीले जानकारी दिए अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि हेटौडा उपमहानगरले नगद ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।