बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रलाई चिनाउने खेलकुदको माध्यमले मात्र नेपाल भनेर चिनिने बताएका छन् ।

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् समेत रहेका पौडेलले नेपाल खेलकुद महासंघले १४ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको जुनियर क्योकोशीन जिल्ला स्तरीय कराते प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र चौथो भएका खेलाडीलाई मेडल, प्रमाणपत्र वितरण तथा उत्कृष्ट खेलाडीलाई नगद सहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे यस्तो बताएका हुन् ।

हेटौंडा २ स्थित संगम चोकमा रहेको फन हेटौडामा शनिवार आयोजित कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रहेका पौडेलले नेपाललाई नेपाल भनेर चिन्न नसक्ने भेरै देश भएको अवस्थामा खेललाडीहरुले चिनाइरहकाले राष्ट्रका लागि खेल महत्वपुर्ण भएको बताए ।

कार्यक्रम नेपाल खेलकुद महासंघका महासचिव धरम लामाको प्रमुख आतिथ्यता जिल्ला खेलकुद विकाश समितिका पुर्व अध्यक्ष सानु लामा दोङ्ग, खेलाडी, खेल प्रशिक्षक लगाएतको उपस्थिति रहेको थियो ।