मकवानपुरमा रहेका बेकरी उद्योगहरुले बेकरीको मूल्यबृद्धि गर्ने भएका छन् ।

हेटौँडा उप–महानगरपालिकामा रहेका बेकरी उद्योगी ब्यवसायीहरुले पुसको पहिलो हप्ताबाट बेकरीको मूल्यबृद्धि गर्ने निर्णय गरेका हुन् ।

बेकरी उत्पादनमा आयत हुने कच्चा पदार्थमा मूल्यबृद्धि भएपछि वाध्य भएर मूल्यबृद्धि गर्नुपर्ने भएको उद्योगी ब्यवसायीहरुले बताएका छन् ।

हरेक आइटममा ५रुपैँया देखि १० रुपैँयासम्म मूल्यबृद्धि हुने मकवानपुर बेकरी उद्योग संघका सचिव राजेन्द्र सापकोटाले बताए ।

राजेन्द्र सापकोटाले बताए अनुसार पुस पहिलो सातादेखिनै ठुलो पाउरोटी प्रति प्याकेट ६० रुपैँया, मिडियम ४० रुपैँया, सानो २५ रुपैँया मूल्य निर्धारण गरिएको छ ।

त्यस्तैगरि पपलाई प्रति प्याकेट ६० रुपैँया, बिस्कुट प्रति प्याकेट ६० रुपैँया, क्रिमरोल ४ पिस ६० रुपैँया, बम पाउरोटी ६ पिस ६० रुपैँया, दुनोट ६ पिस ६० रुपैँया तोकिएकोे छ ।

मकवानपुरमा साना ठुला गरि करिब २ दर्जन बेकरी उद्योग रहेको बेकरी उद्योग संघले जनाएको छ ।