मकवानपुर– मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता मंगलबार देख सुरु हुने भएको छ ।
हेटौंडा –६ स्थित गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुन लागेपछि स्थानीयहरु देखि बिभिन्न व्यक्तीहरु खुसी भएका छन्।
उक्त खेल हुने भएपछि रंगशाला चर्चाको विषय बनेको छ ।
खेलकै विषयमा वडा नम्बर १६ का स्थानीय बासिन्दा अर्जुन वाग्लले ४० वर्ष अघि तत्कालिन राजा बिरेन्द्रले उद्घाटन गरेको रंशाला पछिल्लो समयमा बिभिन्न कारण ओझेलमा परेको बताए ।
खेलप्रेमी समेत रहेका बाग्लेले मकवानपुर जिल्ला फुटबल संघले गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरेर रंगशाला चिनाउने काम गरेकोमा खुसी लागेको बताए ।
खेलकै गोल्डकपलाई साथ दिनका लागि आग्रह समेत गरे ।














प्रतिक्रिया दिनुहोस्