मकवानपुर– मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा –६ स्थित गौरीटार रंगशालामा यही माघ १६ गतेदेखि स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएपछि रंगशाला चर्चाको विषय बनेको छ ।
प्रतियोगिता सम्पन्न गर्न रंगशाला खेलमैदान व्यवस्थापनमा आयोजक हरु खटिरहेका छन् भने तयारीका क्रममा करिब ९५ प्रतिसत काम सहिएको छ ।
यस वर्षको संस्करणमा संयोजनको जिम्मेवारी हेटौंडा– १५ स्थित न्यू डाँफे युथ क्लबले लिएर रंगशालालाई समेत चिनाउने काम गरेको भन्दै विभिन्न व्यक्तीहरु देखि स्थानियहरु समेत खुसी भएका छन् ।
यसै खेल प्रतयोगिता पछि गौरीटार रंगशालाको मुहार फेरिने काम गरेको भन्दे आयोजकालाई धन्यवाद समेत दिइरहेका छन् ।
फुटबल मात्र नभएर हरेक खेलकुदका गतिविधिहरु गर्न मिल्ने गरी योजना अघि नेपालको दशरथ रंगशाला पछिको अन्तराष्ट्रि मापदण्ड पुग्ने भएकाले पनि रंगशाला चिनाउने काममा थप सहयोग हुने विश्वास सहित सो स्थानमा गोल्डकप आयोजना गर्न लागिएको आयोजक पक्षहरु बताउछन् ।
आउँदो माघ १६ गतेदेखि २७ गतेसम्म हुन लागेको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुनेछन् ।
खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ ।
प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो । प्रतियोगितामा प्रथम हु्ने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
























प्रतिक्रिया दिनुहोस्