मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा स्व. निरज श्रेष्ठ स्मृति यु–१६ विद्यालय स्तरीय टि–२० प्रिमियर क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ २० गतेदेखि दोस्रो संस्करणको प्रतियोगिता हुने जानकारी गराएको हो।
लिग कम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन हुने र १६ वटा विद्यालयसम्म सहभागी हुने जानकारी गराइएको हो ।
मकवानपुर जिल्ला क्रिकेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको सम्झनामा गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्न लागिएको मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करन महत्रा क्षेत्रीले बताए ।























प्रतिक्रिया दिनुहोस्