नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका – १२ नम्बर वडा कमिटिको अध्यक्षमा रामहरि पोखरेल चयन भएका छन् ।
बुधबार भएको वडा कमिटिको दोस्रो वडा सम्मेलनबाट पोखरेलको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटि चयन भएको छ ।

यस्तै, उपाध्यक्षमा अष्ट घलान, नवराज घलान, रविनकुमार प्रजा, सचिवमा माधव प्रसाद घिमिरे सहसचिव अञ्जु थिङ, औतर सिं गोले, कोषाध्यक्षमा लिलाकुमारी विक चयन भएका छन् ।

सदस्यहरुमा तुलाराज थिङ, घेसेदोर्जे बल, हरि पौडेल, भगवान अर्याल, शान्ता रुम्बा, रमिता बराल, सुनमाया दोङ, यशोदा खनाल लगायत ३५ सदस्यीय वडा कमिटि चयन भएको हो ।

यसैगरि, सम्मेलनबाट छिरिङ लामाको नेतृत्वमा ११ सदस्यीय माओवादी केन्द्रको युवा संगठन वाइसीएल वडा कमिटि चयन भएको छ ।

पार्वती घलानको नेतृत्वमा १७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा कमिटि समेत चयन भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।