बागमती प्रदेशको राजधानी हेटौंडा–५, स्थित क्याम्पा रंगशालामा मंसिर ५ गतेदेखि भइरहेको स्व.सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको आज फाइनलको भिडन्त हुदै छ ।

एफसी मुण्डियाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सोमबार सेमीफाइनल चरणको खेल सम्पन्न भएसँगै कप उचाल्नका लागि आज बुधबार बुधाबार दिउसो २ बजे रिगल हेटौंडा रिसोर्ट र रियल स्टार क्लबको महा भिडन्त हुने भएको हो ।

सोमबार भएको पहिलो खेलमा नव जनजागृति युवा क्लब सिमरा र रियल स्टार क्लब विचको भिडन्तमा टाइब्रेकरमा ४–३ गोलअन्तरले रियल स्टार फाइनलको भिडन्तमा प्रवेश गरेको हो।

त्यस्तै गरि दोस्रो खेल अन्तरगर्त अखिल नेपाल खेलकुद महासंघ बागमती र रिगल हेटौडा रिसोर्टको भिडन्तमा टाइबेकरमा ५ – ३ गोल अन्तरले जित हासिल गर्दै रिगल फाइनलको भिडन्तमा प्रवेश गरेको हो ।

दुबै समुह पहिो बनेर कप उचाल्नका लागि भिड्ने भएका हुन् ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितमा विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र उपविजेता टिमलाई नगद ५५ हजार रुपैयाँ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुदिप सिंह ठकुरीले बताए ।