हेटौंडा उपमहानगरपालिका वडा नमबर ५ स्थित क्याम्पा रंगशालामा स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उद्धाटन खेलमा एन.जे.जे.वाइ.सि विजयी भएको छ ।
स्वर्गीय सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज एफसी मुण्डियाल क्लबको आयोजनामा मंलबारदेखि सुरू भएको पिप्ले क्याम्पारंगशालको खेल मौदानमा आयोजित खेलको नागस्वती युथ क्लब र एन.जे.जे.वाइ.सि.विच भएको भिडन्तमा
एन जे जे वाइ सि सिमराले सडेन डेथमा विजयी सुरुवात गरेको हो ।
निधारित समयमा २–२ गोलभइ बराबरीमा रोकिएर कुनै नतिजा नआएपछि ट्राइब्रेकरमा समेत बराबरी भएर खेल सडन डेथमा पुगेको थियो ।
सोही क्रममा सडेन डेथमा भने ७–६ गोल अन्तरले पराजित गर्दै एन.जे.जे.वाइ.सि विजयी हुन सफल भयो ।
नागस्वतीले हार बेहोर्नु पार्यो ।
एन.जे.जे.वाइ.सि. को खेलाडीले पहिलो हाफको ३५ मिनेटमा राकेश भण्डारीले १ गोल गरेर अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा ३ मिनेटमा सेरफ लामाले १ गोल गरे ।
लगत्तै नागस्वतीका खेलाडी कुशल अधिकारीले दोस्रो हाफको १६ औं मिनेट जाँदा र २७ मिनेटमै लगातार १–१ गोल गरेका हुन् ।
नागस्वतीका खेलाडी कुशल अधिकारी खेलको म्यान अफ द म्याच हुन सपल भए ।
बुधाबारको भिडन्त न्यु डाँफे युथ क्लब र पदमपोखरी फुटबल एकेडेमी बिच हुने खेल प्रतियोगिता संयोजक सुदिप सिंह ठकुरीले बताए ।
त्यस्तैगरि दोस्रो खेल रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर र थाहा नगरपालिका मकवानपुर बिच हुने बताए ।
संयोजक ठकुरीले बताए अनुसार १४ टिमको सहभागिता रहेको प्रतियोगितमा विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
एफसी मुण्डियाल क्लबका अध्यक्ष सुविन घिमिरेको सभाध्यक्षता हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाको प्रमुख आतिथ्यमा सूवात गरिएको खेलप्रतियोगितमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा, कोषाध्यक्ष अमृत लुङ्बा, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, प्रदेश खेलकुद विकास परिषदका सदस्य माधव तिमल्सिना हेटौंडा उपमहानगरका बिभिन्न वडाका वडा अध्यक्षहको आतिथ्यता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्