बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वबिद्यालय बनाउने सहमती भएको छ ।

आइताबार प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सभाध्यक्षता  सामाजिक बिकास मन्त्री कुमारी मुक्तानको प्रमुख अतिथ्यतामा  सम्पन्न प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी सर्वदलीय सर्वपक्षीय बैठकबाट विश्वबिद्यालय बनाउने सहमती भएको हो ।

आइताबार सामाजिक बिकास मन्त्रालयको सभाहलमा सुझाव संकलन सहितको छलफलमा सभा सदस्यहरु, बिभिन्न राजनीतिदलहरुले बागमती प्रदेशमा कार्य हुनु आफैमा सुखद हुने भन्दै स्वागत योग्य भएको जनाएका छन् ।

सहमती जनाउदै आउने बाधा र अर्चनको सामाना सहित यसलाई सफल पार्न सर्मथन रहेको बताए ।

उक्त सर्वपक्षीय बैठकमा  पूर्व पूर्व मुख्यमन्त्री श्री डोरमणी पौडेल, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रेम बहादुर पुलामी, जि.स.स., मकवानपुर प्रमुख ललित घलान, प्रमुख राजनीतिक सल्लाहकार डिपि ढकाल, नेपाली कॉंग्रेस, मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र, अध्यक्ष सर्केस घलान राष्ट्रिय स्वतन्त्र पार्टीका किशोर अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापा, नेकपा एकीकृत समाजवादीका किरण मान वल, मकवानपुर बहुमुखी क्याँपस अध्यक्ष अनन्त पौडेल, सदस्य रामचन्द्र माइकल, क्याम्पस प्रमुख, डा. शंकर प्रसाद उपाध्याय ,स्ववियु मकवानपुर अध्यक्ष छोइसाङ लामा लगायतको उपस्थिति रहेको थियो ।